श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर: सभापति देउवा

शुक्रबार, बैशाख १९, २०७७



काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले श्रमिकहरूका लागि अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

१३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले वि.स. २००३ सालमा काँग्रेसको नेतृत्वमा विराटनगरमा पहिलो मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन गरेको स्मरण गरेका छन् । उनले भने,तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममता पूर्वक दबाउने नीति अख्तियार गरेर बिपी कोइराला लगायतका धेरै नेताहरूलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।
सभापति देउवाले कोरोना भाइरसको महामारीका कारण श्रम गरेर गुजार गर्ने श्रमिकहरूले खाद्यान्नलगायत अत्यावश्यक बस्तुको अभाव भोगिरहेकाले तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरूको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ । श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली काँग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।भन्दै विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सभापति देउवाद्वारा जारी विज्ञप्ति 

congress

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments