तोकिएकै समयमा पार्टीको सबै तहको निर्वाचन हुन्छ: सभापति देउवा

बुधबार, माघ १, २०७६



काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको बेलामा पार्टीको महाधिबशेन हुने बताएका छन् । बुधवार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले पाटीको १४ औँ महाधिवेशन तोकिएकै मितिमा हुने ठोकुवा गरेका हुन ।

असन्तुष्ट पौडेल र सिटौला समूहसँग कुरा मिलिसकेको जानकारी दिदैं सभापति देउवाले भने, ‘तोकिएकै समयमा पार्टीको सबै तहको निर्वाचन हुन्छ।’ गत पुस ११ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले २०७७ फागुन ७–१० गते १४ औँ महाधिवेशन गर्ने निर्णय बहुमतले गरेको थियो। उक्त निर्णयको पौडेल समूह र सिटौला समूहले बहिष्कार गरेका थिए । उनीहरूले आफू निकट जिल्ला सभापतिको भेला बोलाएर सभापति देउवालाई निर्णय सच्याउन दबाब दिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments