श्रीलंकाले भन्यो, ‘नेपालको संविधान उत्कृष्ठ’

शनिबार, साउन २८, २०७४

loading...


काठमाडौं । छिमेकी मुलुक भारतले नेपालको संविधानलाई स्वगत गर्न आनकानी गरीरहेको बेला अर्को छिमेकी मुलुक श्रीलंकाले भने नेपालको संविधान उत्कृष्ठ भएको भन्दै प्रशंसा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासंग शनिबार विहान श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्त सेनानायकले गरेको शिष्टाचार भेटमा यस्तो प्रशंसा गरेका हुन् ।‘महिला र सिमान्तकृत समुदायको अधिकारका विषयमा नेपालको संविधान यो क्षेत्रकै ‘मदर’ संविधान हो’ परराष्ट्र राज्यमन्त्री वसन्तले भने ।

सो अवसरमा प्रधानमन्त्री देउवाले ‘बुद्धिजम’ले पनि दुई देशबीचको सम्वन्धलाई थप प्रगाण बनाउदै लगेको बताए ।  प्रधानमन्त्री देउवाले नेपाल र श्रीलंकाबीचको पुरानो सम्वन्ध अझै सुमधुर हुदै गहिरहेको समेत सो अवसरमा बताए ।  ‘नेपाल र श्रीलंकाबीच धेरै पुरानो सम्वन्ध छ, बुद्धको देश नेपाल भएकाले पनि श्रीलंकनहरुसँग हाम्रो आत्मियता छ । यसलाई अझै प्रगाण बनाउने गरी कनेक्टीभिटि बढाउनु पर्छ’ प्रधानमन्त्रीले भने, ‘नेपाल श्रीलंकासँगको सम्वन्ध अझै बढाउन चाहन्छ ।’

प्रधानमन्त्रीले नेपालमा आएको भुकम्पको बेलामा श्रीलंकाले गरेको सहयोगको प्रशंसा पनि गरे । भेटमा नेपाल र श्रीलंकाबीचको व्यापार बृद्धिका विषयमा पनि छलफल भएको थियो ।

भेटमा श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्तले दुई देशबीच व्यापार र पर्यटनमा थप बृद्धि गर्नुपर्ने बताए। ‘ठूलो संख्यामा श्रीलंकनहरु नेपाल घुम्न आउँछन्’ उनले भने , ‘विषेशगरी लुम्विनीको लागि आउने संख्या निकै बढि छ, कनेक्टीभि बढाउने विषयमा दुई देशबीच सहकार्य आवश्यक छ ।’

परराष्ट्र राज्य मन्त्रीले प्रधानमन्त्री देउवालाई श्रीलंका भ्रमणको लागि पनि आग्रह गरे । ‘हाम्रो राष्ट्रपतिले तपाईलाई छिट्टै श्रीलंका भ्रमणको औपचारिक निम्तो पठाउदै हुनुहुन्छ’ बसन्तले भने ‘तपाई आउनुहुनेछ भन्ने हामीले आशा गरेका छौ ।’

उनले नेपालको राजनीतिक परिवर्तनबाट श्रीलंकाले पनि पाठ सिक्न सक्ने धारणा पनि राखेका थिए ।

365 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv