भारत जानुअघि देउवाको गोप्य रणनीति

मङ्लबार, साउन २४, २०७४

loading...


काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जानुअघि नै संविधान संसोधनका विषयमा टुङगो लगाउने तयारीमा लागेका छन् । सकेसम्म संविधान सोधन नै गर्ने नभए राजनीति तहमा एउटा सहमति गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

प्रधानमन्त्री देउवाले त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद बढाएका छन् । भदौको पहिलो साता पहिलो भारत भ्रमणमा जाने भएका छन् । भारत जानुपुर्व नै संशोधन प्रस्ताव पारित गराउनुपर्ने राजपाले माँग राखेपछि प्रधानमन्त्री देउवाले नयाँ रणनीति बनाएका छन् ।

एमालेलाई संसोधनमा ल्याउन सम्भव नभए चुनाव पछि संसोधन गर्नेगरि उच्चतहको सहमति गराउने तयारी भइरहेको देउवा निकटका एक नेताले जानकारी दिए । देउवा निकट उच्च स्रोतका अनुसार उनले हिजोमात्रै आफू निकट उच्च नेताहरुसँग गम्भिर सरसल्लाह गरेका थिए । कांग्रेस प्रभावशाली नेताहरु विमलेन्द्र निधि, रमेश लेखक लगायतका नेताहरुले अग्रसरता लिएका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावबारे छलफल गरिरहेका छन् । उनले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित गराउने वा सहमति गर्नेमा प्रयास गर्न प्रचण्डलाई पनि आग्रह गरेका छन् ।

2685 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv