नर्सहरूलाई पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्दछु: सभापति देउवा

मङ्लबार, बैशाख ३०, २०७७



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नर्स सँगै सबै स्वास्थ्यकर्मीको उच्च मनोबलको उच्च कदर गर्नु पर्नेमा जोड दिएका छन् ।

विश्व नर्स दिवसको अवसरमा शुभकामना दिदैं सभापति देउवाले नर्सहरूलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेका छन् । उनले विश्व नर्स दिवसको यस अवसरमा नर्सिङ पेसामा क्रियाशील सबै जनालाई नेपाली काँग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु भन्दै शुभकामना व्यक्त गरेका छन् ।

मुलुक-अहिले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणबाट उत्पन्न अत्यन्त कठिन र संवेदनशील घडीमा छ । यति बेला स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरूको भूमिका अत्यन्त उच्च रहेको हुन्छ । आफ्नो घर परिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको अभावका बिच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वास्थ्योपचार क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरूलाई विश्व नर्स दिवसको अवसरमा म उच्च सम्मान समेत व्यक्त गरेका छन् ।

सभापति देउवाले कोरोना महामारीको यो अप्ठ्यारो समयमा निरन्तर सङ्क्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिनु भएका नर्सहरूलाई पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन र उहाँहरूको मनोबल उच्च राख्न नेपाली काँग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको उल्लेख गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments