पोखराको निर्वाचनमा धाँधली गरेको देउवाको आरोप

मङ्लबार, मंसिर १७, २०७६



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रशासन लगाएर धाँधली गरेको आरोप लगाएका छन्।

सोमबार सानेपामा कांग्रेस नेता स्व.भीमबहादुर तामाङको ७ औं स्मृतिसभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाएका हुन्।

पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउँदै सभापति देउवाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेसविरुद्ध प्रयोग गरेको पनि आरोप लगाए। कांग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखेर निर्वाचनमा धाँधली गरेको सभापति देउवाले बताए।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता राम चन्द्र पौडेलले जनता सरकारप्रति असन्तुष्ट रहे पनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समीक्षा हुनुपर्ने बताए । नागरिक दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata