सांसदलाई पिसिआर परीक्षण अनि सङ्क्रमित क्षेत्रका जनतालाई आरडिटी मात्र ? शेखर कोइराला

शनिबार, बैशाख २७, २०७७



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना सङ्क्रमित क्षेत्रका नागरिकहरूले पिसिआर परीक्षण गर्न नपाएको भन्दै गुनासो गरेका छन् ।

संसद्को वर्षे अधिवेशनमा सङ्घीय सांसदहरूलाई पिसिआर परीक्षण गरेकोमा उनले सरकारलाई प्रश्न गरेका छन् । शनिवार ट्विट मार्फत डा. कोइरालाले भनेका छन्, सांसदलाई पिसिआर परीक्षण अनि सङ्क्रमित क्षेत्रका जनतालाई आरडिटी मात्र ?यो कस्तो शैली हो सरकार ? भन्दै प्रश्न गरेका छन् ।

उनले सांसदलाई गरिएको ठिक छ तर जनताप्रति पनि सरकार यस्तै जिम्मेवार भइदिए कस्तो हुन्थ्यो। अनि जनताले राज्य भएको अनुभूति गर्थे होलान् भन्दै धारणा व्यक्त गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments