हिन्दू धर्मको विषयमा जनमत संग्रह गरौ : महामन्त्री कोइराला

बुधबार, चैत्र ६, २०७५



काठमाडौं । नेपाली काग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू धर्म र  संघीयताको बारेमा जनमत संग्रह गर्नु पर्नेमा जोड दिएका छन् ।  बिहिबार होलीको अबसरमा शुभकामना दिदैं महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले नेपाली कांग्रेस नागरिकले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको दाबी समेत गरे ।

फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको विभागहरु तत्काल गठन गर्न पनि सभापति शेर बहादुर देउवालाई आग्रह समेत गरे । साथै कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नहुने हो भने कांग्रेस कहिल्यै भलो नहुने समेत सुझाएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata