अन्तरघात गर्नेलाई कार्वाही हुनै पर्छ : डा.शेखर कोइराला

शुक्रबार, भदौ २२, २०७५



मोरङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई अन्तरघात गर्नेलाई कार्वाही गरिने बताएका छन् ।

शुक्रबार वीपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस मोरङ क्षेत्र–६ द्वारा आयोजित विचार गोष्ठीमा बोल्दै डा.कोइरालाले भने पार्टीका उम्मेदवारहरुले अन्तरघातकै कारण हार वेहोर्नु परेको बताएका हुन् ।

उनले पार्टीलाई अन्तरघातकै कारणले तीने तहको निर्वाचनमा पार्टीले हार वेहोर्नु परेको बताए । उनले पार्टीलाई अन्तरघात गर्नेलाई कारबाही गर्न काँग्रेसले खुट्टा कमाउन नहुने धारणा राखेका छन् ।

217 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank