भावी सेनापतिको दौडमा शर्मा

बिहिबार, अशोज ९, २०७६



काठमाडौं ।  मन्त्रिपरिषद बैठकले नेपाली सेनाको उपरथी प्रभुराम शर्माको पदावधि थप गर्ने निर्णय गरेसँगै भावी सेनापतिको दौडमा शर्मा  अगाडि आएका छन् ।

जंगीअड्डाबाट भएको सिफारिसका आधारमा एक वर्ष दुई महिना १५ दिनका लागि पदावधि थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जनाएका छन् ।

शर्माको पदावधि कात्तिकमा सकिँदै थियो । उपरथीमा पदावधि थपिएसँगै शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीको रुपमा काम गर्ने सम्भावना रहेको छ ।

रथीद्वय गौरव तण्डुल र शरद गिरीको थप भएको कार्यकाल सकिएसँगै हालका बलाध्यक्ष रथी गौरव तण्डुल र शरद गिरीले असारमा बिदा लिनेछन् ।

दुवै राठीले अवकास पाउँदा सेनापति थापा मुनीको वरियतामा  शर्मा स्वतः उक्लनेछन् । भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका शर्मा सेनाभित्रका व्यवसायिक अधिकृत मानिन्छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments