अतिरिक्त महानिरीक्षक नै प्रदेश प्रहरी प्रमुख बनाऔं: पूर्व गृहमन्त्री शर्मा

सोमवार, असार २३, २०७६



काठमाडौं । सत्तारुढ दलका सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले अतिरिक्त महानिरिक्षकलाई नै प्रदेश प्रहरी प्रमुख बनाउन प्रस्ताव अघि सारेका छन ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा राख्दै पूर्व गृहमन्त्री शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न त्यसमा नियुक्ती गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क गरे । ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै पूर्वगृहमन्त्री शर्माले प्रहरी दर्जाको नियुक्ती प्रदेश प्रहरीले गर्न पाउनु पर्नेमा जोड दिए ।

बैठकमा भाग लिदैं प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति रहेको जनाएका छन । उनले प्रदेश प्रहरीले नियुक्ती गर्ने कानुनी व्यवस्था बनाउनु पर्नेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata