सेयर बजार मार्केटिङले तान्दै युवा

बुधबार, चैत्र २३, २०७३



काठमाडौँ । बेलायतको चेष्टर विश्वविद्यालयमा पढेर फर्किएका काठमाडौँका २६ वर्षका प्रवेश देवकोटा विगत एक वर्ष यता मार्केटिङको काममा व्यस्त छन् । मार्केटिङ भित्र पनि उनको रुचीको क्षेत्र सेयर बजार हो । विदेशको राम्रो विश्वविद्यालयबाट व्यवस्तथापनमा स्नातक उनी आफ्नो लगानीमा कम्पनी नै खोलेर सेयर बजारका विषयमा अनभिज्ञ युवा पुुस्तालाई आफ्नो ज्ञान बाँडिरहेका छन् ।

पछिल्लो समय सेयर बजार देवकोटा जस्ता युवाहरुको आकर्षणको क्षेत्र बन्न थालेको छ । केही सीमित पढेलेखेका र पैसावालहरुको कब्जामा रहेको नेपाली सेयर बजार विस्तारै फैलिदै गएको छ । सेयर बजारलाई राम्रोसंग बुझेर लगानी गरेको खण्डमा छोटो समयमै राम्रो आम्दानी गर्न सकिने देवकोटा बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म काठमाडौँका तीन वटा कलेजमा गएर उच्च माध्यामिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सेयर बजारका बारेमा जानेजती कुराहरु सेयर गरेँ । यसले युवाहरुलाई सेयर बजारमा आकर्षित गर्छ भन्ने मेरो विश्वास हो ।’

उनले सर्वसाधारणहरुलाई सेयर मार्केटका बारेमा जानकारी दिने सफ्टवेयर नेप्से युदिया निर्माण गरेका छन् । यो सफ्टवेयरले सेयर मार्केटका विषयमा विभिन्न प्रकारका सुचनाहरु दिने देवकोटाले बताए । उनको लक्ष्य भनेको लगानी व्यवस्थापनमा सहयोग गर्नु, नयाँ पुस्तालाई सेयर मार्केटको नाफा घाटाका विषयमा जानकारी गराउनु र नयाँ लगानीकर्तालाई सहयोग गर्नु हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments