सेयरबजारमा सकारात्मक संकेत, सूचक र कारोबार दुवैमा सुधार

बुधबार, फाल्गुन २, २०७४



काठमाडौँ । लगातार केही दिन यता घटेको सेयरबजार बुधबार उकालो लागेको छ । कारोबारमा आएका अधिकांस समूहका सूचक बढेपछि नेप्से सूचक तथा कारोबार रकम दुवैमा सुधार आएको छ । नेप्से सूचक तथा कारोबार रकम दुवै बढेपछि लगानीकर्तामा बजारले आसा जगाएको छ ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक पछिल्लो आधा घण्टामा ८.६५ अंकले उकालो लागेर १३८८.९४ विन्दुमा पुगेर बन्द भएको छ । अन्तिम समयमा आएर नेप्से परिसुचक तथा कारोबार रकम दुबै उकालो लागेको हो ।बुधबार बजारमा १५५ कम्पनीको ३८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । गत सोमबार २४ करोड रुपैयाँको कारोबार भएको थियो।

72 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank