कुनै पनि शुल्क तिर्न नपर्ने गरि नेपाल र मलेसियाबीच श्रम सम्झौता

सोमवार, कार्तिक १२, २०७५



काठमाडौं । नेपाल र मलेसियाबीच सोमबार श्रम सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब मलेसिया जाने नेपाली कामदारले कुनै पनि शुल्क तिर्न नपर्ने गरि श्रम सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र मलेसियाका तर्फबाट मानव संशाधनमन्त्री एम कुलासेगरनले हस्ताक्षर गरेका छन् ।

श्रम सम्झौतामा हस्ताक्षर भए पनि नेपाली कामदारका लागि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्ने बताइएको छ । सम्झौतापछि वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने छ ।

नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटोको सम्बोधन सम्झौताबाट भएको बताइएको छ । नेपालबाट रोजगारीका लागि विदेश गएकामध्ये झण्डै ३० प्रतिशत अर्थात ५ लाख जना नेपाली मलेशियामा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहेपनि आहिलेसम्म श्रम सम्झौता हुन सकेको थिएन ।

177 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank