त्रीताल आयोगका भू माफिया शोभाकान्तको घरमा बम विस्फोट

बुधबार, माघ १, २०७६



काठमाडौं । विवादित बालुवाटारस्थित ललिता निवासमा बम फेला परेको छ । ११५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको भन्दै विवादमा आएको सो जग्गामा बम फेला परेको हो ।

बम राखेर नेत्र विक्रम चन्द ‘विप्लव’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीले सो जग्गा कब्जा गरेको घोषणा गरेको छ । राष्ट्रको सम्पत्ती दुरुपयोग भएको भन्दै पुनः राष्ट्र मातहत ल्याउन कब्जा गरिएको विप्लव समूहले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

यस्तै, विप्लव समूहले बालुवाटार जग्गा प्रकरणमा नाम मुछिएका शोभाकान्त ढकालको घरमा पनि बम विस्फोट गराएको छ । नागार्जुन नगरपालिका–१, नर्सरी चोकमा रहेको ढकालको घरमा विस्फोट गराइएको हो । ढकालको सानो भर्‍याङस्थित घरमा बुधबार साँझ बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

घरको गेटभित्र भएको विस्फोटका कारण घरका शिशा र गाडीमा क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले जानकारी दिएकी छन्। उनका अनुसार घटना साँझ ७ बजेर ५५ मिनेट जाँदा भएको हो।

प्रधानमन्त्री निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा शोभाकान्त ढकालको र अधिवक्ता राम सुवेदीको नाममा रहेको पाइएपछि ढकाल उक्त प्रकरणमा मुछिएका थिए।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुगेको उजुरीपछि सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले यो जग्गा हडप्ने प्रकरणमा ढकाल र सुवेदी सुरूदेखि नै संलग्न भएकाले उनीहरूलाई भू-माफिया भनेको थियो।

ललिता निवास परिसरको ११५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रपञ्चका मुख्य योजनाकार भएका कारण उनको घरमा विस्फोट गराइएको विप्लव समूहले जारी गरेको अर्को विज्ञप्तीमा उल्लेख छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments