तामाकोशीको लागत बढेकोमा सांसदको चिन्ता

सोमवार, साउन २१, २०७५



काठमाडौं । सांसद शान्तिमाया तामाङ पाख्रिनले माथिल्लो तामाकोशी आयोजनाको लागत बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।  प्रतिनिधिसभाको सोमबारको शुन्य समयमा तामाङले लगातार लागत रकम बढेकोबारे छानबिन गर्नुपर्ने धारणा राखेकी हुन् ।

२०६६ सालमा ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको लागत ५० अर्ब पुग्ने अनुमान गरिएको छ । निरन्तर लागत बढ्दा शेयरधनीको टाउकोमा पर्ने भएकाले छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

शुन्य समयमा सांसद विमला विश्वकर्माले कानुन निर्माण गर्दा पछाडि पारिएका र अल्पसंख्यको ध्यान दिन आग्रह गरिन् ।

सत्य पहाडी, शान्ता चौधरीलगायतले बाढीपीडितको उद्दार र राहतमा क्रियाशील हुन आग्रह गरे ।

सांसद सरिताकुमारी गिरीले जन्मसिद्ध बाबुआमाका छोराछोरी नागरिकताबाट बञ्चित भएको भन्दै ध्यानाकर्षण गराइन् ।

लक्ष्मी परियार, समीना हुसेनलगायतले बलात्कारका घटना वृद्धि भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank