जनप्रतिनिधिलाई जिम्मेवार हुन आग्रह

सोमवार, जेष्ठ ५, २०७७



बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विपद्का बेला जनप्रतिनिधिलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र रुपन्देहीको आज भैरहवामा भएको स्थानीय पालिका प्रमखु तथा जिल्ला प्रशासन कार्यालय रुपन्देही र सुरक्षाकर्मीबीच भएको छलफलमा मुख्यमन्त्री पोखरेलले अरुको कमजोरी देखाएर आलोचना गर्नतिर समय खेर फाल्नुभन्दा समस्या समाधानतिर लाग्न सुझाव दिए ।

उहाँले अहिले प्रदेशमा सङ्ख्यात्मक रुपमा कोभिड–१९ का सङ्क्रमित बढेको बताउँदै भने, ‘यसको लागि आइसोलेशन वार्डहरुको विस्तारमा प्रदेश सरकार लागेको छ ।’

उनले  सीमाक्षेत्रमा पुगेर जनप्रतिनिधिले भारतीय भूमिबाट नेपाली नागरिक ल्याउँदा सङ्क्रमण जोखिम अझ उच्च रहेकाले यस्ता काम बन्द गर्न अनुरोध गर्दै केही दिन क्वारेन्टिनमा बसेकालाई प्राथामिकतामा राखेर ल्याउने पहल गर्न स्थानीय पालिका प्रमुखलाई सुझाव दिए ।

पोखरेलले स्वास्थ्यकर्मी, प्रशासन, सुरक्षाकर्मी र जनप्रतिनिधि अहिले सहकार्यका साथ अगाडि बढे कोभिड–१९ लाई जितिने विश्वास पनि व्यक्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments