संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्ताव ल्याए : पोखरेल

बिहिबार, पुस २८, २०७३

loading...


बुटवल । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाएका छन् ।

संविधान कार्यान्वयन गराउने दायित्व पूरा गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकारले विवाद बढाएको छ भन्दै उनले जबरजस्ती ल्याएको संशोधन प्रस्तावलाई संसद्मा सही बाटोबाट छलफल हुन र पारित हुन नदिनेसमेत स्पष्ट पारे ।

प्रेस चौतारी रुपन्देहीले विहिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सत्तारुढ दलले संविधान सर्वस्वीकार्यका नाममा संविधान संशोधनबाट १० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने काम गरेको छ भन्दै नेता पोखरेलले भने– संविधान संशोधन प्रस्ताव नेपाल, नेपाली जनता र मधेसी समुदायको समेत हितविरुद्ध रहेकाले यसलाई असफल बनाउनेमा नेकपा ९एमाले० को स्पष्ट अडानमा रहेको बताए ।

सत्तारुढ दलले विभिन्न बहानामा विवादका विषय आफैँ सिर्जना गरेर निर्वाचन नगराउने र संविधानसमेत कार्यान्वयन नगर्ने उद्देश्यले सरकार लागेको आरोप लगाउँदै उनले जनताको चाहना विपरीत प्रदेश नं ५ लाई विभाजन गरेर पहाड र तराईलाई अलग गर्ने प्रयास गलत भएको आरोप पनि लागाए ।

216 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv