पर्यटन प्रवद्र्धनका लागि फूलचाेकी साहित्य महोत्सव

बिहिबार, चैत्र ८, २०७४



काठमाडाै‌ । पर्यटन प्रबद्र्धनका लागि फूलचोकी साहित्य महोत्सवको आयोजना गरिएको छ । ‘पर्यटन विकासका लागि साहित्य’ भन्ने नारासहित विश्व कविता दिवसको अवसर पारेर नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल मण्डल पर्यटन नगरी अभियानद्वारा संयुक्त रुपमा बुधबार आयोजित साहित्य उत्सवमा गोदावारी नगरपालिकाको समेत सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

साहित्य उत्सवका बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. विष्णुविभु घिमिरे, काव्य विभाग प्रमुख डा. अमर गिरी, पर्यटनका लागि साहित्य, कला तथा सांस्कृतिक अभियन्ता कृष्ण केसी, गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतले आ आफ्नो धारणा राखेका थिए ।

fulchoki-2 (1)
कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले प्रकृति र पर्यावरणको संरक्षण एवं सम्बर्धन गर्दै पर्यटन प्रवर्धन गर्न सकिने बताए । यसका लागि साहित्य नै सबैभन्दा प्रभावकारी माध्यम भएको उनको धारणा थियो । प्राकृति र सांस्कृतिक महत्व बोकेको फूलचोकीमा गरिएको साहित्य उत्सवले प्रतीकात्मक अर्थ राख्ने बताउँदै उनले शान्ति र समृद्धिको यात्रामा हिँडेको मुलुकका प्रतिनिधि कविहरूको सहभागितामा भएको साहित्य उत्सव विशेष भएको दाबी गरे ।

fulchoki-4 (1)

काठमाठौँ उपत्यका र आसपासका पहाडी भूभागलाई समेटेर नेपाल मण्डल पर्यटन नगरीका रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न सकिने अभियन्ता केसीको धारणा थियो । उनले भने, “हामी यसका लागि सक्रियरुपमा लागि परेका छौँ । सबैको साथ रह्यो भने असंभव छैन ।” साहित्य उत्सवमा ज्ञानू पाण्डे, श्रवण मुकारुङ, मातृका पोखरेल, तुलसी दिवस, विमल निभा, शशी लुमुम्बू, ज्ञानुवाकर पौडेल, मित्रलाल पंज्ञानी, राम निय, रामबहादुर पहाडी, बियोगी बुढाथोकी, पुरुषोत्तम सुवेदी, राजब, हेमनाथ पौडेल, लक्ष्मी माली, गोपाल अश्कले कविता बाचन गरेका थिए ।

fulchoki-1 (1)

यसै गरी उत्सवमा जगत उपाध्याय ‘प्रेक्षित’, महेश प्रसाईं, विप्लव ढकाल, केशव सिलवाल, गीतका त्रिपाठी, जयन्ती स्पन्दन, प्रकाश गुरागाई, विन्दु शर्मा, त्रिभुवनचन्द्र वाग्ले, मणिराज सिंह, बलराम तिमिल्सिना, केवल विनावी, सोझो गाउँले, बम बानियाँ, बैरागी जेठा, सरल सहयात्री, टीका चामिलङ, सुनिता खनाल, अमृता स्मृति, बिकु लामा, देवकी अभिलासी, मुकुन्द खलपात्र, जितेन्द्र रसिक, शुक्र राई, चन्द्र रानाहँछा, रविराज अर्याल, सन्ध्या पहाडी, कृष्ण केसी, देवकी तिमिल्सिनाले आ–आफ्ना कविता बाचन गरेका थिए ।  २७ सय मिटर उचाईमा रहेको फूलचोकी डाँडा काठमाडाै‌ उपत्यकाकै अग्लो डाँडा हो ।

232 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank