डा.रामशरण महतकाे संयाेजकत्वमा छाया सरकारद्वारा अर्थतन्त्र केन्द्रित बिशेष समिति गठन

बुधबार, बैशाख २४, २०७७



काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली   कांग्रेस केन्द्रीय समितिको बैशाख १७ मा सम्पन्न बैठकबाट पूर्व अर्थमन्त्री  डा. रामशरण महतकाे संयाेजकत्वमा १४ सदस्यी अर्थतन्त्र केन्द्रित कमिटी गठन गरेकाे छ ।

देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेका हुन ।

विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरि रहेका  एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व रहेका बिज्ञ व्यक्तीहरू रहने गरी समिति गठन गरेकाे कांग्रेसले विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।जसमा संयोजक, डा. रामशरण महत सदस्यहरूमा,  महेश आचार्य,  ज्ञानेन्द्रबहादुर कार्की डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय,भरत शाह,उदय शमशेर राणा,डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल,डा. गोविन्द पोख्रेल  र डा। स्वर्णिम वाग्ले रहेका छन ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने छ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments