६ फिट गहिरो पानीको खाल्डोमा ५ जनाको शव भेटियो

बिहिबार, अशोज १६, २०७६



बारा ।  बाराको फेटा गाउँपालिका– ४ स्थित बताराको खाली घरभित्र पाँच जनाको शव भेटिएको छ। गएराति खाली घरभित्र गाडिएको अवस्थामा ५ जनाको शव भेटिएको बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौंरले जानकारी दिएका छन्।

करिब ६ फिट गहिरो पानीको खाल्डोमा ५ जनाको शवहरु भेटिएका हुन् । शव भेटिनेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक भारतीय कामदार मृत्यु भएको प्रहरीले राठौंरले बताए। चार पाँच दिनदेखि उनीहरुसँगै बस्दै आएका भारतीयको भने परिचय नखुलेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय बाराले घटनाको अनुसन्धान शुरु भएको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments