दाङमा कल गर्ल सेक्स र्याकेट संचालन, ग्राहक नेता देखी ठेकेदारसम्म

बिहिबार, भदौ २८, २०७५



दाङ । दाङको घोराहीमा सेक्स र्याकेट संचालन भइरहेको रहस्य बाहिरिएको छ । घोराहीमा संचालनमा रहेका करीब आधा दर्जन होटेलहरुमा अबैध रुपमा कल गर्लहरु राखी नियमितरुपमा कल मार्फत गर्लहरु उपलब्ध गराउँदै आएको तथ्य सार्वजनिक भएको हो ।

केहि दिन अघि दाङको लमही बजार स्थित एक सेकुवा कर्नरमा कल गर्ल बोलाई दुई जनाँंग यौन सम्बन्ध राख्नुपर्ने प्रस्ताव अस्विकार गर्दा आफुमाथी हातपात भएको कल गर्ल जानिका राव (नाम परीवर्तनले ) दुखेसो पोखिन् ।

“पहिला ३५ सयमा एक रातको डिल भयो, एक जनासँग मात्र सहबास गर्ने कुरा थियो, तर पछि २ जना सँग यौन सम्पर्क गर्न भनियो मैले मानिन् । अनि म माथी हातपात भयो ” ।

आफुलाई ललाई फकाई राम्रो काम लगाईदिने बहानामा यौन पेशामा होटेल मालिक्नीले जबरजस्ती फसाएको रावको भनाई छ । रावका अनुसार करीब १ सयको हाराहारीका घोराहीमा कर्लगर्लहरु रहेकोजानकारी दिएकी छन् ।

होल नाइट स्टेको ग्राहक हेरी ६ हजार देखी ८ हजार सम्म लिने गरेको र त्यो मध्ये आधा पैसा यौनकर्मीले पाउने र बाँकी होटेल मालिक, दलाल र र्याकेट संचालकहरुले लिने गरेको रावले जानकारी दिइन् ।

“हाम्रा ग्राहकहरु पल्लेदार देखी, नेता, पत्रकार, प्रहरी , व्यवसायी, ठेकेदारहरु सम्म हुन्” रावले भनिन् ।

बैकल्पीक पेशा नभएका कारण आफूहरु यो पेशामा संलग्न हुन बाध्य भएको रावको भनाई रहेको छ । “रात भन्नु छैन, दिन भन्नु छैन मालिक र ग्राहकको इच्छा अनुसार जहाँ पनि जानु पर्छ ” उनले भनिन् । ग्राहले बोलाउँदा घोराहीका भिआइपी होटेलहरु देखी तुृलसिपुर, लमही, भालुबाङ्ग, सल्यान सम्म आफुहरु जाने गरेको रावले खुलासा गरीन् ।

दाङमा देह ब्यापारमा संलग्न महिलाहरु १६ बर्षदेखी ३५ बर्ष सम्मका रहेका छन् ।

यसरी देह व्यापार भइरहेको कुरा सबैलाई थाहा छ तर कोहि बोल्दैनन् । स्थानीय सरकारले कुनै सीपमूलक काम का लागि तालिम दिए आफुहरु यो पेशा छोडेर सम्मानीत पेशा अपनाउने रावको भनाई छ ।

घोराहीको मुटुमै धेरै यस्ता देहव्यापार गर्ने होटेलहरु संचालनमा रहेका छन् ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्मा संग बुझ्दा गैह्र कानुनीरुपमा देह व्यापार भए गरेको पाईए प्रहरीले नछोड्ने चेतावनी दिए ।

“नेपाल सरकारले अबैध भनेको कार्य कसैले गर्न पाउँदैन, गर्ने र गराउने दुवै लाई छोडिन्न ” शर्माले भन्नुभयो ।

यसरी खुले आम यौन धन्धा हुँदा समेत कुनै निकायहरुबाट रोक टोक तथा अनुगमन नहुँदा समाजमा नकारात्मक असर पर्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।

162 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank