छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेपछि …..

मङ्लबार, कार्तिक १३, २०७५



काठमाडौं  । छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेको आरोपमा महोत्तरीको एकडारा गाउँपालिका—१ का एक युवालाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् । स्थानीय दीलिप मण्डललाई पाँच सयको संख्यामा उपस्थित भएका गाउँलेले कपाल काटी मोसो दलेर जुत्ताचप्पलको माला लगाउँदै गाउँ घुमाएका हुन् ।

एकडारा गाउँपालिका–१ का वडा अध्यक्ष रहेमान रेजा अनसारीका अनुसार उनले छिमेकी महिलासँग अनैतिक सम्बध राखेका थिए ।

पटक पटक सम्झाउँदा पनि नटेरेपछि समाजिक दण्ड दिइएको उनले बताए । घरमा घेरा हाली निकालेर कपाल काट्नुका साथै अनुहारमा चुना र कालो टीका लगाएर गाउँ घुमाइएको थियो । गाउँपालिकाका अध्यक्ष रामछविला साहले महिला गर्भवती रहेकोे बताए । अन्नपूर्णपोष्टबाट

422 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank