यौनका कारण उपत्याकामा अपराध बढ्दै

बिहिबार, भदौ १, २०७४

loading...


काठमाडौं । राजधानीका दरवारमार्ग ठमेल जस्ता पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी भैरहेका बेला डान्सबारमा हुने झगडा, मदिरा सेवन, यौन विवाद जस्ता घट्नाबाट अपराध बढेको तथ्यांक सार्वजनिक भएको छ । खासगरी साताको अन्तिम दिन गुड फ्राइडे मनाउन मनाउन डान्सवार डिस्को दोहोरी रेष्टुरेण्ट पुग्ने युवाहरुवीच झगडा हुदा अपराध बढेको प्रहरीले दावी गरेको छ । काठमाडौका अधिकांश दोहोरी रेष्टुरेण्टहरुमा साँझ ढल्कदै गएपछि नाममात्रैको दोहोरी हुने त्यहाँ भल्गर नृत्यले प्राथमिकता पाउछन जसका कारण ग्राहकहरुवीचनै झगडा बढ्ने गरेको प्रहरीले जनाएको छ ।

thamel 3कतिपय दोहोरी साझ १२ बजेसम्म खुल्छन भने कतिपय डिस्कोहरु २ बजे सम्म खुल्ने गर्छन । दोहोरी साझ बन्द भएपछि त्यहाकै ग्राहकहरु डिस्को पुग्ने गर्छन । मदिरा सेवनगरी लठिठएर पुगेका ग्राहकहरुवीच झगडा पर्दा अपराध बढ्ने गरेको प्रहरीले जनाएको छ । डिस्को पुगेपछि युवतीको विषयलाई लिएर कतिपय ग्राहकहरुले अभद्र व्यवहार समेत प्रर्दशन गरेपछि प्रहरी पक्राउ गरी मुद्धा समेत चलाएको अवस्था छ । अहिलेको अपराधको चरण हेर्ने हो भने काठमाडौंका ३ जिल्लामा २६ बर्षदेखि ३५ बर्ष उमेर समुहकाले धेरै अपराध गरेको प्रहरी तथ्यांकले देखाएको छ । १६ बर्षदेखि ३५ बर्ष उमेरका ५९ प्रतिशत अभियुक्त पक्राउ परेका छन् भने अन्य उमेर समुहका ४१ प्रतिशत अपराधमा संलग्न भएका छन् । १ बर्षको अवधीमा १६ बर्ष मुनीका १ सय २१, १६ बर्षदेखि २५ बर्षसम्म २१ सय ४७ जना, २६ देखि ३५ बर्षसम्म २३ सय ३८ जना, ३६ देखि ४५ बर्षसम्म १७ सय २५ जना, ४६ देखि ६० बर्षसम्मका १ सय ८७ जना र ६० बर्ष भन्दा माथिका २ सय ७१ अभियुक्तहरु पक्राउ परेका छन् । प्रहरी तथ्यांकलाई आधार मान्ने हो भने बेरोजगार युवाहरुको संख्या अपराधमा बढी संलग्न भएको देखिन्छ ।

प्रहरीले यो बर्षमात्रै विभिन्न पेशा व्यवशायमा संलग्न भएका व्यक्तिहरु अपराधमा छन भनेर पनि छुटटै तथ्यांक बनाएको छ । पेशाका आधारमा बेरोजगार अभियुक्तहरुको आंकडा अन्यको तुलनामा धेरै पाइएको छ । कुनै पनि पेशमा संलग्न नभएका बेरोजगार अभियुक्तहरु ५ हजार १ सय ८२, मजदुर अभियुक्तहरु २ हजार २ सय ६, कृषि पेशमा लागेका अभियुक्तहरु ३ सय ७३, ब्यापारी १ सय ९४ र कर्मचारी अभियुक्त २७ जना पक्राउ परेका थिए । उनीहरु सबै निम्न परिवारको भएको प्रहरीले जनाएको छ ।

भदौ महिना बढीनै पेचिलो
महानगरीय प्रहरी आयुक्ता कार्यालयले एक महिना अघि सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौ उपत्याका भित्र भदौ महिनामा धेरै अपराध हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । गत एक वर्षको अवधीमा भदौ महिनामा सबैभन्दा अपराधको घटना भएको छ । जुन सार्वजनिक अपराध प्रकृतिका घटना हुन् । यस्तै असोज र बैशाख महिनामा आपराधिक घटनामा कमी आएको छ । असोज महिनामा दशै तिहार जस्ता चाडपर्व लक्षित बिशेष सुरक्षा योजना गरिने भएकोले अपराधमा कमी आएको महानगरीय प्रहरी आयुक्ता कार्यालयले जनाएको छ ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा साउनमा ५ सय ३६, भदौैमा ५ सय ९६, असोजमा ४ सय ३१, कार्तिकमा ४ सय ८०, मंसिरमा ४ सय ५१, पुसमा ४ सय ५१, माघमा ४ सय ७०, फागुनमा ४ सय ८६, चैतमा ५ सय ५४, बैशाखमा ४ सय १७, जेठमा ५ सय २१ र असारमा ४ सय ९५ अपराधका घटना भएका थिए । जसअनुसार प्रहरीले भदौ महिनालाई विशेष निगरानीको महिनाको रुपमा अघि सारेको छ भने त्यसपछि साउनलाई दोस्रो प्राथमिकतामा राखेको छ ।

गुड फ्राइडे अपराध डे
मानिसहरु हप्तादिनको कामबाट तनाव मुक्त हुन एक दिन गुड फ्राइडे मनाउन रेष्टुरेण्ट वा अन्य कतै पुगेका हुन्छन तर सन्जोगवश त्यसैदिन अपराधीहरुले पनि आफ्नो समयलाई रेष्टुरेण्ट वा त्यस्तै शान्त स्थानलाई अखडा बनाउछन् । जसको कारण दुइ पक्षवीच सामान्य विवाद हुदा पनि अपराधमा परिणत हुन्छ । प्रहरीको विश्लेषण हेर्ने हो भने पनि शुक्रबार र शनिवार धेरै अपराध कर्महरु हुने गरेका छन् । आइतबार र सोमबार भने अरु बारको तुलनामा कम अपराध भएको छ । महानगरीय प्रहरी आयुक्ता कार्यालयले दिएको तथ्यांक अनुसार शुक्रबार र शनिवार सय प्रतिशतमा १६–१६ प्रतिशतका दरले अपराध भएको पाइएको छ भने बिहिबार, बुधबार र मंगलबार १४–१४ प्रतिशतका दरले आइतबार र सोमबार १३–१३ प्रतिशतका दरले अपराध भएको पाइएको छ ।

सो तथ्यांक अनुसार काठमाडौं उपत्यकामा भएका अपराधलाई समयका आधारमा हेर्दा साँझ ६ बजेदेखि राती १२ बजेसम्म सबैभन्दा धेरै अपराधका हुने गरेको छ । सबैभन्दा कम अपराध बिहान ६ बजेदेखि मध्यान्न बाह्र बजेको समयमा भएको छ । आंकडा अनुसार बिहान ६ बनेदेखि १२ बजेसम्म १२ सय ८० घटना भएका छन्, दिँउसो १२ बजेदेखि साँझ ६ बजेसम्म १६ सय १२ घटना भएका छन् । यस्तै साँझ ६ बजेदेखि राती १२ बजेसम्म १६ सय १५ घटना भएका छन् । यस्तै राती १२ बजेदेखि बिहान ६ बजेसम्म १३ सय ३७ वटा अपराधका घटना भएका छन् ।

यौन केन्द्रीत अखडाहरु
thamel-ktmकेही वर्ष अगाडि देखि राजधानीमा वेश्याबृत्ति बढ्दै गएको छ । राजधानीको केही ठाउँमध्ये न्यूरोडको भूगोल पार्क, सुन्धारा, रत्नपार्क, मैतीदेवी मन्दिर पछाडि, रातोपुल पछाडि, जडिबुटी, सिनामंगल लगायतका ठाउँहरुमा बेश्याबृत्ति बारे बोलकबोल हुने र नजिकैको गेष्टहाउसमा कारोवार समेत हुने गरेको भएपनि प्रहरीको ध्यान केन्द्रीत हुनसकेको छैन ।
कतिपय ठाउँहरुमा पार्क भित्रै बेलुका ६ बजेपछि वेश्याबृत्ति सुरु हुने गरेको छ भने कतिपय ठाउँहरुमा फ्ल्याट भाडा लिएर वेश्याबृत्ति हुने गरेको छन् । वेश्याबृत्ति खुलेआम भएपछि प्रहरीले देखे पनि नदेखे जस्तो गरेर हिड्दै गरेको एक पीडितहरुले गुनासो गरेका छन् । भूगोल पार्र्क्भित्र बेलुका ६ बजेदेखि राती १० बजेसम्म रुपमा १२ देखि २५ वर्षका युवतीहरु वेश्याबृत्तिमा संलग्न हुदै आएको न्यरोड गेटका एक व्यापारी बताउछन । त्यस्तै राजधानीको मैतीदेवि मन्दिर र रातोपुल पछाडि केही महिलाहरुले फ्ल्याट भाडामा लिएर वेश्याबृत्ति गर्दै आएको जानकारी एक पीडित पुरुषले बताएका छन् ।

राजधानीमा खुलेआमा वेश्याबृत्ति हुने ठाउँहरु मैतीदेवी, रातोपुल, जुडिबुटी, सुन्धारा, भूगोल पार्क, सिनामंगल, गंगबु, सामाखुसी, ठमेल, नयाँ बस पार्क र पुरानो बस पार्क लगायतका एरियाहरुमा हिडिरहेको पुरुषहरुलाई वेश्यावृत्ति गर्ने महिलाहरुले रु ५ सय देखि ५ हजारसम्म लिने गरेको भएपनि प्रहरीको भूमिका शून्य रहेको छ । वेश्याबृत्तिलाई बढाउन क्याबिन, डान्स, डिस्को लगायतमा काम गर्ने महिलाहरु बढि रुपमा देखिएका छन् । क्याबिन, डान्स र डिस्कोका डनहरुको संरक्षणमा राजधानीमा वेश्याबृत्ति बढ्दै गएकाले पनि प्रहरीको ध्यान जानु आवश्यक रहेको पीडितहरुको भनाई छ ।

8039 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv