१६ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार

बिहिबार, अशोज २५, २०७५

बुटवल । रूपन्देहीमा एक किशोरिमाथि सामुहिक बलात्कार भएको छ । रुपन्देहीको देवदहकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । देवदह नगरपालिकाकी १६ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले दावी गरेको छ । पीडित युवतीले उजुरी दिएपछि घटना बाहिर आएको छ ।

बलात्कार आरोपमा देवदह–१० कै ३५ वर्षकाका उदय थापा र बुटवल उपमहानगरपालिका वडा नम्बर– ७ बस्ने २६ वर्षका कृष्ण थापालाई इलाका प्रहरी कार्यालय, बुटवलले सार्वजनिक गरेको हो ।

उनीमाथि असोज २३ गते साँझ बलात्कार भएको बताइएको छ । बुटवलमा चलिरहेको औद्योगिक प्रदर्शनी घुमाएर बुटवल र देवदहको बिचमा रहेको शिवनगर वनमा मोटरसाईकलमा लगेर सामुहिक बलात्कार गरिएको हो ।

प्रहरीले घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा, र ४ वटा खोल भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । बलात्कारका आरोपी उदय काठको काम गर्छन । भने कृष्ण गाडीका स्टाफ हुन् । ती किशोरीले पनि काठको काम गर्थिन ।
मोटरसाइकलमा लैजाने युवा भने फरार रहेका छन् ।

129 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank