कुमारित्वको मुल्य

शनिबार साहित्य : कथा

शनिबार, भदौ १०, २०७४

loading...

- राजु क्षत्री ‘अपूरो’



दर्जनौ पढेलेखेका सुन्दर बेरोजगार युवतिहरूको भिड बाट मैले तिमिलार्इ यो पोस्टमा आकर्षक तलब दिएर किन छनोट गरेँ थाहा छ ? घुम्ने कुर्चीबाट उसले सामने बसेकि युवतिलार्इ प्रश्न गर्यो ।

“हो सर ,मलार्इ थाहा छ, म गाउँ की गरिब परिवार की केटि हुँ । मेरो गरिबी देखेर मलार्इ यो नोकरी दिनु भएको हो – उसले सहमति जनाइ ।
“अनि तिमिलार्इ यो पनि थाहा होला , स्टोर किपर इन्चार्ज भै सकेपछि त्यहाँको सबै जिम्मेवारी तिम्रो हुन्छ भनेर ” ऊ असली कुरामा केन्द्रित हुन खोज्यो ।

राजु क्षत्री ‘अपूरो’,

“हो सर थाहा छ” -, उसले टाउको निहुराउँदै मलिन अनुहार लगाउँदै भनी ।
“हाम्रो गोदाम बाट २१ इन्चको टिभी किन कम भयो ?” यसको जवाफ छ तिमी सग ?”- उ अलि कड्कियो।
“छैन सर ,अस्ति सम्म सबै हिसाब मिलान गरेर आफैले ताला बन्द गरेकि हूँ तर आज एउटा कम भयो म आफैलार्इ अचम्म लागेकोछ – उसले स्पष्टीकरण दिन खोजी ।

“हेर, म व्यापारी हूँ । म कुनै नोक्सान भएको हेर्न चाहान्न । मलार्इ त्यसको मूल्य चाहिन्छ , अब तिम्रो तलब बाट काटिनेछ बुझ्यौ ?”
“सर मेरो बल्ल एक महिना हुदैछ । टिभीको मूल्य चुक्ता गर्दा अर्को महिना पुरै काम गर्नु पर्छ ।यसरी त मेरो घर कसरी चल्छ सर ? आमा रोगी छ्न ,भाइ बहिनिको पढाइखर्च अर्कोतिर छदैछ ।
“म केही जान्दिन तिमी सँग तीन वटा बिकल्प छन । पहिलो जागिर छाड्ने , दोश्रो टिभिको मूल्य चुकाउने या फेरि ……
.
उसले राखेको तेस्रो सर्त डर लाग्दो थियो ,ऊ त्यो सर्त मान्न तयार भए मिनाहा पनि हुने र पदोन्नति पनि हुने सम्भावना थियो ।
भोलिपल्ट ऊ मालिकको अफिसमा प्रवेश गरी । मालिक आफू बिजयी हुनेमा पुर्ण बिश्वस्त थियो तर त्यो भन्दा पुर्ब उसले केही कागज पत्र टेबलमा राख्दै भनी – “सर, यो म पत्रकार भएको प्रमाण , यो हिजो बिदाको दिन सुटुक्क गोदामबाट टिभी झिकेर गाडीमा हाल्दै गरेको प्रमाण अनि यो भोलि छापिन गइरहेको समाचार , “आकर्षक तलबको लोभ देखाएर कुमारित्व लुट्छन टिभीका थोक व्यापारी ”
पुरै विवरण सहित समाचार पढ्ने बित्तिकै सहबासको आनन्द उठाउन कल्पना गरेको उसले एकाएक छोरीको सम्बोधन गर्दै भन्यो -“छोरी ,यो समाचार छापियो भने म त बर्बाद हुन्छु बरु भन म तिम्रो लागि के सेवा गर्न सक्छु ?”

उसले भनी- ” मेरो दिदिको कुमारित्व लुटेर पनि त्यही महिना जागिर वाट निकालेको मूल्य दस लाख । श्रीमानको भूमिका त निभाउनु नै भयो ,दिदिको बिहे हुदैछ, अब बाबुको भूमिका पनि निभाउनुस ।
यतिखेर उसको अनुहार हेर्न लायकको थियो । pallawa.com.np बाट

710 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv