विवाहबिना नै शारीरिक सम्बन्ध राखेपछि…

बिहिबार, फाल्गुन २६, २०७३



विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा संयुक्त अरब इमिरेट्स (युएई)मा विदेशी एक जोडीलाई हिरासतमा राखिएको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युएईमा काम गर्दै आएको सो जोडीलाई गत जनवरीदेखि नै हिरासतमा राखिएको भए पनि हालै यो मामला प्रकाशमा आएको हो ।

२९ वर्षीय दक्षिण अफ्रिकी नागरिक एमलिन कल्वरवेल र २७ वर्षीय युक्रेनी नागरिक इरिना नोहाइलाई विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको हो । यी दुबै आपसमा प्रेम सम्बन्धमा रहेको बताइएको छ । युएईमा विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु अपराध मानिन्छ ।

पेटमा समस्या भएका कारण स्वास्थ्य परीक्षण गराउन गएकी इरिना गर्भवती भएको रहस्य खुलेपछि उनी कानूनी कारवाहीको दायरामा तानिएकी हुन् । विवाहबिना नै गर्भवती भएका कारण उनी छानविनको दायरामा तानिएपछि एमलिन र उनीबीचको सम्बन्ध प्रकाशमा आएको हो ।

दुबैले आफूहरु प्रेमी–प्रेमिका रहेको बताए पनि विवाहपूर्व शारीरिक सम्बन्ध राख्न नपाउने कानूनी प्रावधान तोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको युएईका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

एमलिनकी आमाले दुबैको रिहाई माग गरेकी छिन् । उनले भनिन्, ‘उनीहरु दुबैको कसुर भनेको नै प्रेममात्र हो ।’

दक्षिण अफ्रिकी विदेशमन्त्रालयले यसबारे आफूले केही गर्न नसक्ने बताइसकेको छ । युएईको कानून उल्लंघन गरेको आरोपमा उनीहरुमाथि युएई मै कारवाही भइरहेको भन्दै विदेशमन्त्रालयले आफ्नो भूमिका प्रभावकारी हुन नसक्ने जनाएको हो । उसले यसबारेमा कानूनी सहायत लिन दुबैलाई सल्लाह दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata