यौन आक्रमणको अभियोगमा कलाकारलाई कैद सजाय

बुधबार, अशोज १०, २०७५



संयुक्त राज्य अमेरिकाका ख्यातिप्राप्त हास्य कलाकार बिल कोस्बीलाई यौन आक्रमणको मुद्दामा दोषी ठहर गर्दै तीन देखि दश वर्ष सम्मको कैद सजाय सुनाइएको छ। पेन्सिल्भेनियाका एक न्यायाधीशले ८१ वर्षीय हास्य कलाकार कोस्बीलाई “हिंसक यौन आक्रमणकारी”को संज्ञा दिए। कोस्बीले कैद सजायका अतिरिक्त आजीवन मनोपरामर्शदाताको सहयोग लिनु पर्ने भनिएको छ।

गत एप्रिल महिनामा भएको सुनुवाइको क्रममा कोस्बी सन् २००४ मा एन्ड्रियाज कन्स्ट्यान्ड लाई लागुपदार्थ दिएको र यौन हमला गरेको मुद्दामा दोषी ठहर भएका हुन्।

अन्य महिलाले पनि कोस्बीले आफूलाई यौन आक्रमण गरेको आरोप लगाएका छन्। तर ती घटना धेरै पुराना भएकोले ती मुद्दा अघि बढेनन्।

कोस्बीको नाम अब अमेरिकामा यौन अपराधमा संलग्न व्यक्तिहरूको सूचीमा समेत रहनेछ। फैसलापछि बिल कोस्बीले कुनै प्रतिक्रिया दिएनन्।

अस्वीकार

कोस्बीले धरौटी तिरेर पुनरावेदन गर्न गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको थियो। सन् १९८०को दशकमा टेलिभिजनको कोस्बी शो चलाएपछि हास्यकलाकारको रूपमा कोस्बीले निकै ख्याति कमाएका थिए। ब्रुकलिन, न्यूयोर्कको धनाढ्य अफ्रिकी-अमेरिकी परिवारको प्रतिनिधि बनेका कोस्बीलाई त्यतिबेला ‘अमेरिकाको ड्याड’ अर्थात पिता पनि भनिन्थ्यो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank