सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विधुतः मन्त्री पुन

शुक्रबार, बैशाख २८, २०७५



काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विधुतको खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताएका छन ।

सामुदायिक विधुत उपभोक्ता महासंघ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री पुनले आगामी पाँच वर्षभित्र सबै नागरिकलाई विधुत सेवा उपलब्ध गराइने बताए ।

उनले अहिलेसम्म ३५ प्रतिशत नागरिकको पहुँचमा विधुत सेवा नपुगेकाले ती क्षेत्रमा विधुत उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गरेका छन । मन्त्री पुनले नागरिकलाई सहज रुपमा विधुत सेवा पुर्याउन सामुदायिक संस्थाको भूमिका समेत महत्वपूर्ण रहेको स्पष्ट पारेका हुन।

सरकारले तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र दश वर्षमा दश हजार मेगावाट विधुत उपलब्ध गराउने लक्ष्य निर्धारण गरेकाले सबै वर्ग तथा क्षेत्रलाई समेटेर अगाडि बढ्ने विश्वास व्यक्त गरेका हुन् । मन्त्रालयले केही दिन पहिले जारी गरेको श्वेतपत्रमा ऊर्जाको उत्पादनमा जोड, प्रसारण लाइन निर्माण तथा अन्य नीतिगत विषयमा समेत स्पष्ट पारेको जानकारी दिए । सरकारले सस्तो लोकप्रियताका लागि श्वेतपत्र जारी गरेको नभइ नीतिगत स्थिरतासहितको विकासका लागि प्रयास गरेको उल्लेख गरे ।

जलस्रोतको एकीकृत विकास गरेर आर्थिक समृद्धिको आधार तयार पार्ने भन्दै मन्त्री पुनले दुरदराजमा रहेका नागरिकलाई विधुत सेवा दिन सामुदायिक संस्थाको भूमिका प्रभावकारी रहेकोमा प्रशंसा गरेका छन् ।

सामुदायिक विधुतीकरणमा समुदायले र एक अर्ब रु २५ करोड लगानी गरेका छन् । विधुतमा आधारित व्यवसायमार्फत स्थानीयस्तरमा पाँच हजार बढीले रोजगारी पाएका छन् ।

सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले विकट क्षेत्रमा गरिने विधुतीकरणमा लागत बढी हुने हुँदा सेवा सञ्चालनमा समस्या परेको, नेपाल विधुत प्राधिकरणबाट सामुदायिक विधुतिकरणको मर्म र भावना अनुकूल कार्य हुन नसकेको तथा ग्रामीण क्षेत्रमा गरिबीका कारण दश प्रतिशत रकम संकलनमा समस्या परेको भन्दै स्पष्ट ग्रामीण विद्युतीकरण नीति लागू गर्नुपर्नेमा जोड दिए ।

सामुदायिक ग्रामीण विधुतीकरणका लागि संस्थामा प्रर्याप्त कर्मचारीको व्यवस्था नहुनु, विधुत
संकलन कार्य सञ्चालनमा जटिलता थपिएको, ग्रामीण विधुतीकरण घाटाको व्यवसाय भएकाले आर्थिक रुपले संस्थाको दिगोपनमा चुनौती खडा हुने गरेको अध्यक्ष ज्ञवालीको भनाइ छ ।
ग्रामीण क्षेत्रमा एकमुष्ठ र शीघ्र विधुतीकरण, स्थानीयस्तरमा तालीम तथा रोजगारीको अवसर, शिक्षा, स्वास्थ्य र वातावरणमा प्रविधिको सुधार, विधुत चुहावट नियन्त्रण, विधुतको किफायती प्रयोग, सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि तथा ग्रामीण विकासको लागि पूर्वाधार निर्माण गरिएको छ ।

123 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank