दुई आक्रमणमा ८ पाकिस्तानीको मृत्यु, ३० जना सख्त घाइते

आइतवार, साउन ५, २०७६



एजेन्सी । दक्षिण पश्चिमी एसियाली मुलुक पाकिस्तानको उत्तरपूर्वी शहर डेरा स्माइली खानमा भएको दुई आक्रमणमा परि ८ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी व्यक्ति सख्त घाइते भएका छन् ।

आइतबार बिहान मोटरसाइकलमा आएका बन्दुकधारी समुहले सवप्रथम प्रहरी चौकीमा आक्रमण गरि दुई प्रहरी अधिकृतको हत्या गरेको जिल्ला प्रहरी अधिकृत सालिम रियाजले बताएका छन् ।

“मृत प्रहरी जवानहरुको शव सरकारी अस्पताल तर्फ लैजाँदै गर्दा एक व्यक्तिले बम धमाका गराई स्थितीलाई थप जटिल बनाए ।” जिल्ला प्रहरी अधिकृत रियाजले अल जजिरालाई बताए । “उक्त आक्रमणलाई काबूमा लिन खोज्दा  दुई व्यक्ति फाइरिङको क्रममा मृत्यु हुन् पुग्यो साथै  ४ जना सर्वसाधारणको पनि अस्पातल आसपास नै हत्या गरियो ।”, उनले बताए ।

“करिब ७ किलो विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । र, बिस्फोट गराउने महिला थिइन् ।” रियाजले बताए ।

ताहरिक -ए-ताइबन नामक पाकिस्तानी समूहले घटनाको जिम्मेवारी लिएको छ । पाकिस्तानमा यस समुह सन् २००७ देखि देशको इस्लामिक कानुन परिवर्तनको माग राख्दै आतंक मच्चाउँदै आइरहेको छ  ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata