सरकारी चिकित्सकद्वारा आकस्मीक बाहेकका सेवा ठप्प

शुक्रबार, चैत्र २२, २०७५



काठमाडौं । कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रेका छन् । सरकारी चिकित्सक संघ, गोदानले समायोजन प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै आकस्मीक बाहेकका सेवा ठप्प पारेका हुन् ।

गत फागुन १८ गते सरकारसँग भएको सम्झौताका बाबजुद आफुहरुको माग विपरीत समायोजन भएको भन्दै,चिकित्सकहरुले शुक्रबारबाट  देशभरका अस्पतालहरुमा  आकस्मीक बाहेकका सेवा ठप्प पारेका हुन् । उनीहरुले प्रधानमन्त्री स्वयंमले गरेको प्रतिबद्धताको विपरीत अवैज्ञानिक, असमान र बलजफती समायोजन गरेको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

यस्तै अहिलेको समायोजनले चिकित्सकको अध्ययन र वृत्ती विकासमा समस्या आउने उनीहरुको गुनासो छ । सरकारी चिकित्सक संघलाई आयुर्वेदिक चिकित्सक संघ, नेपाल चिकित्सक संघ लगायतले पनि समर्थन गरेका छन् । चिकित्सकहरुको आन्दोलनका कारण बिरामीहरु मर्कामा परेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata