भाषा आयोगको गम्भीर त्रुटि, कर्णालीका चार जिल्ला सुदुरपश्चिम प्रदेशमा

बिहिबार, मंसिर १२, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । विभिन्न समयमा भाषाका विषयमा विवाद उत्पन्न भइरहन्छ । भाषा सबैले बुझ्ने सरल, सहज र सटिक हुनुपर्नेमा भाषाविदहरुको भनाइ रहेको हुन्छ ।

भाषामा कुनै त्रुटी देखिएमा वा समस्या देखा परेमा आम मानिसहरु शब्दकोशको सहायता लिने गर्छन । साथै मिडियामा प्रयोगमा आइरहने भाषालाई पनि प्रमाणको रुपमा लिने गर्छन ।

पछिल्लो समय सरकारका उच्च ओदाहामा बस्ने व्यक्तिहरुको भाषामा गम्भीर त्रुटि देखा पर्ने गरेका घटनाहरु बाहिरीदै छन ।
शुभकामनाको ठाउँमा श्रद्धाञ्जली दिने देखि लिएर विदेशी कुटनीति मामलाका विषयमा समेत चिप्लने गरेको घटना बाहिरीएका समाचारहरु बेलाबेलामा पढ्न सुन्न पाइन्छ ।

त्यसै घटना हो भाषा आयोग पनि चिप्लिन पुगेको छ ।  संवैधानिक अंगको रुपमा रहेको भाषा आयोगले गम्भीर त्रुटि गरेकाे फेला परेको छ । जसमा सुदूरपश्चिम प्रदेशमा कर्णाली प्रदेशका चारवटा जिल्लालाई समेट्दै सुचना जारी गरेकाे छ।

कर्णाली प्रदेशका जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत जिल्लालाई सुदूरपश्चिम प्रदेशमा पर्ने भन्दै सुचना बाहिरिए पछि सामाजिक संञ्जालमा ठुलो तरंग पैदा भएको छ । भाषाको आयोगकै कर्मचारीलाई नेपालको भूगोलको ज्ञान छैन भने भाषाको पनि खासै महत्व नहुने भन्दै सामाजिक संञ्जालमा पत्रकार जी भट्टले व्यङ्ग्य गरेका छन ।  कामू सचिव लक्ष्मीप्रसाद  भट्टराइद्वारा जारी सुचनामा मंसिर २३ गतेका लागि काटिएको पत्रमा  जाजरकोट कुसे गाउँपालिका अध्यक्षलाई उपस्थित हुन भनिएको छ ।

हेर्नुहाेस विज्ञप्ती 

langauage

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata