सिरियामा बमवारी रोक्न राष्ट्रसंघको माग

मङ्लबार, फाल्गुन ८, २०७४



सिरिया। सिरियामा भईरहेको बमवारी रोक्न राष्ट्रसंघले माग गरेको छ । सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको पूर्वी गुटामा गरेको आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको अभियानकर्ताहरूले बताएका छन्।

हवाई तथा रकेट आक्रमणहरूमा २० बालबालिकासहित ७७ जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ। सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ।

बमबारी रोक्न आग्रह गर्दै राष्ट्रसंघका एक जना अधिकारीले त्यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको प्रतिक्रिया दिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्। उक्त क्षेत्र राजधानी दमास्कस नजिकै विद्रोहीहरूको पकड रहेको बताइएको छ । त्यहाँ पुनः नियन्त्रण कायम गर्न सिरियाली फौजले आक्रमणको तयारी गरिरहेको ठानिएको छ। पछिल्लो बमबारीले वर्षौँयताको सबैभन्दा खराब हमला भनिएको छ।

सहायताकर्मीहरूका अनुसार हमलाले उक्त क्षेत्रका मुख्य सडकहरूलाई पनि निशाना बनाएको छ जसका कारण सहायता सामग्रीको परिचालन, उद्धार कार्य र एम्बुलेन्सको अवातजावत समेत बन्द हुन सक्ने देखिन्छ। स्वास्थ्य केन्द्रहरूमा पनि आक्रमण गरिएकाले मृत्यु हुनेहरूको संख्या बढिरहेको छ। एउटा प्रसुति केन्द्रसहित चार वटा अस्थायी अस्पताल सोमबारको आक्रमणमा परेका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank