आर्मीलाई सेपाकताक्रोमा स्वर्ण

आइतवार, पुस १०, २०७३

विराटनगर । सातौ राष्टिय खेलकुल प्रतियोगिता अन्तर्गत सेपाकताक्रोमा आर्मीले स्वर्ण पदक हात पारेको छ ।

धरान स्थित डिपो उच्च माविको खेलमैदानमा आइतबार सम्पन्न सेपाकताक्रोको रेगो इभेन्टमा पश्चिमाञ्चललाई १६–२१ र २०–२२ को सोझो सेटमा पराजित गर्दै आर्मीले स्वर्ण हात पारेको हो । आर्मीले  सेमिफाइलनमा  सुदुरपश्चिमाञ्चललाई २१–९ र २१–१७ को सोझो सेटमा हराउदै फाइलनको यात्रा तय गरेको थियो । आर्मी सग  फाइनलमा सोझो सेटमा पराजित पश्चिमाञ्चलले रजत पदकमा चित्त बुझाएको छ ।

आइतबारै तेश्रो स्थानको लागि भएको खेलमा सुदुर पश्चिमाञ्चललाई २२–२४ र १८–२१ को सोझो सेटमा पराजित गर्दै मध्यमाञ्चलले कास्य पदक जितेको छ ।
सेपाकताक्रो अन्तर्गतकै पुरुष तर्फका डबल इभेन्ट र टिभ इभेन्ट, महिला तर्फको डबल ईभेन्ट डिपो उमाविको खेलमैदानमा संचालन भईरहेको छ ।

245 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung right sport adv cement health right side Samsung health right side DDC health right  adv