प्रहरीको सक्रियतामा ५५ वटा छाउगोठ भत्काइयो

शुक्रबार, माघ ३, २०७६



बाजुरा । सुदूरपश्चिमा प्रदेश र कर्णाली प्रदेशमा प्रहरीले छाउगोठ भत्काउने अभियान तिब्र बनाएको छ । सोहि क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराको सक्रियतामा हिमाली जिल्ला बाजुरामा ५५ वटा छाउगोठ भत्काएको छ ।

a

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा प्रहरी टोली, जनप्र तिनिधि, पत्रकार, स्थानीबासीहरूको संयुक्त प्रयासमा छाउगोठ भत्काएको हो । जिल्लाको बडिमालिका नगरपालिका वडा नं ७, बुढिगंगा नगरपालिका वडा नं ८, १० र त्रिवेणी नगरपालिका वडा नं ७ मा रहेका ७० देखि ७५ घर परिवारले प्रयोग गर्दै आएका घर बाहिर तथा घर छेउछाउ छुट्टै बनाएका ५५ वटा सार्वजनिक छाउपडी गोठलाई भत्काईएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

b

छाउगाेठ भत्काउने क्रममा छाउपडी गोठ प्रयोग गर्ने व्यक्तिहरूलाई कानुनी कारवाही सम्बन्धी जानकारी गराईएको  प्रहरीले जनाएकाे छ। मुलुकी अपराध संहिता २०७४ को दफा १६८(३) ले स्पष्टसँग भनेकाे  छ कि महिलाको रजस्वला वा सुत्केरिको अवस्थामा छाउपडिमा राख्न वा अन्य त्यस्तै किसमको भेदभाव वा अमानविय ब्यवहार गर्न वा गराउन हुदैन । त्यस्तो गर्ने र गराउनेलाइ ३ महिना कैद वा ३ हजार जरिवाना वा दुबै सजाय हुन्छ भनि परिभाषित गरेको छ ।

c

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments