सेनाको मेलमिलाप प्रस्ताव मैना सुनुवार परिवारबाट अस्वीकार

बुधबार, भदौ ४, २०७६



बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरेको छ ।

१६ वर्षअघि नेपाली सेनाले चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी मैना सुनारको परिवारलाई नेपाली सेनाले मेलमिलापका लागि राखेको प्रस्ताव परिवारले अस्वीकार गरेका हुन् ।

पहिलोपटक मैनाकी आमा देवी सुनारलाई ४ असारमा नेपाली सेनाले आफूहरूसँग मिल्न प्र्रस्ताव राखेका थिए ।

पहिलो प्रस्ताव अस्वीकार भएपछि नेपाली सेनाले भद्रकाली बोलाएर दोस्रोपटक प्र्रस्ताव राखेको थियो ।

पहिलोपटक काठमाडांैको तीनकुनेको एक क्याफेमा नेपाली सेनाको कर्णेलले मैनाकी आमा देवी सुनारलाई अहिलेको अवस्था हेरेर मेलमिलाप गर्नुपर्ने प्र्रस्ताव गरेका थिए ।

मैनाले अध्ययन गरेको काभ्रेको भगवती उच्च माविमा अक्षय कोष खडा गर्ने र मृत्यु भएको नेपाली सेनाको सालिकसँगै उनको शालिक निर्माण गरिदिने प्रस्ताव गरेको थियो ।

तर, मैनाकी आमा देवीले सो प्रस्ताव आफूले अस्वीकार गरेको बताइन् । बहिनी गीतासँग तीनकुने पुगेकी देवीसँग नेपाली सेनाले चार घण्टा कुराकानी भएको उनको भनाइ छ ।

देवीले न्यायका लागि भइरहेको संघर्ष कमजोर हुने ठानेर सो प्रस्ताव अस्वीकार गरेको बताइन् ।

भेटमा सहभागी सेनाका अधिकारीहरूले उक्त भेट प्रधानसेनापति पूर्णचन्द्र थापाको आग्रहमा गरिएको बताएका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata