गौमुल गाउँपालिकामा बीउ बैंक स्थापना

बिहिबार, कार्तिक २९, २०७५

- प्रमित बि क



बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा बीउ बैंक स्थापना गरिने भएको छ । स्थानीय रैथाने बालीको प्रवद्र्धन र उन्नत जातको बीउको भण्डारका लागि गाउँपालिका स्तरकै बीउ बैंक स्थापना गर्न लागिएको अध्यक्ष हरिबहादुर रोकायाले बताए।

बीउ बैंक स्थापना गर्ने बारे आज गाउँपालिका र सहयोगी हातहरुको समूह सहास नेपालीबीच छलफल भएको छ । पहिलो चरणमा औजार उपकरण र तालिमका लागि सहासले सहयोग गर्ने र निरन्तरताका लागि गौमुल गाउँपालिकाले भवन निर्माण देखि कर्मचारी व्यवस्थापन गर्ने बारे छलफल गरिएको छ ।

गाउँपालीका भित्रका ६ वटै वडाको बीउ बैंक पायक पर्ने गरी घट्मुनामा राखीने सहमत‍ी  भएको छ । गाउँमा उत्पादन हुने खाद्य बस्तु, पुराना रैथाने बालीको बीउ संकलन तथा उन्नत जातको बीउ भण्डार र विस्तार गर्न बैंक स्थापना पछि सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । बीउ बैंक स्थापनाको काम अघि बढाउन गौमुल गाउँपालिका ६ का अध्यक्ष प्रकाश रोकाया संयोजक रहेको र ६ सदस्यीय समिति गठन गरिएको बाइएको छ।

बीउको भण्डारण, संरक्षण, सुरक्षा र वितरणका लागि बीउ बैंक आवश्यक रहेकोले गाउँपालिकासँगको सहकार्यमा स्थापनाका लागि सहयोग गर्न लागिएको सहयोगी हातहरुको समूह सहास नेपाल सिफल्स परियोजनाका संयोजक रामबहादुर खत्रीले बताए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank