सेकेन्डरी एजुकेसन एक्जाम(एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

बुधबार, असार ११, २०७६



काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई)को नतिजा आज(बुधबार) सार्वजनिक गर्ने तयारी गरेको छ ।

वि.स.२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । “सकेसम्म आजै सार्वजनिक गर्ने नभए भोलिसम्ममा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।”, उनले बताए ।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटि नभए बुधबार र प्राविधिक त्रुटि आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

रिजल्ट कहाँ गएर हेर्ने ?

https://soce.gov.np/results

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank