एसइईको नतिजा आज, नतिजा हेर्न यहाँ जानुहोस्

बिहिबार, असार १२, २०७६



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेण्डरी एजुकेसन एक्जाम (एसइई)को नतिजा आज(बिहिबार)  सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले जनाएको छ । पनिकाका उपनियन्त्रक चेतनाथ शर्माले आज दिउँसो १ बजे बोर्डबैठक डाकिएको बताएका छन् ।

‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोरिओस् भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उपनियन्त्रक शर्माले भने, ‘कार्यालयले नतिजा प्रकाशनका लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ ।’ बोर्ड बैठक बसेपछि लगत्तै नतिजा प्रकाशन हुँदै आएको छ ।

यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले प्रकाशनमा ढिलाइ भएको हो । विगतमा जेठ मसान्तदेखि १–२ असारभित्रै एसइईको नतिजा प्रकाशन हुने गर्थ्यो । प्रदेश २ बाहेक सबै ठाउँमा १०–२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश २ मा भने बाँकी विषयको २२ देखि २९ चैतसम्म पुनः परीक्षा भएको थियो ।

नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।

कसरी हेर्ने सेकेण्डरी एजुकेसन एक्जाम (एसइई)को नतिजा ?

  • परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np,
  • शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np,
  • परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np,
  • नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np,
  • राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिने जनाएको छ ।
  • यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा
  • एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिनेछ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank