एसईईको प्रश्नपत्र आउट गर्ने दुई प्रहरीसहित ६ जना सार्वजनिक

बिहिबार, चैत्र २१, २०७५



काठमाडौं । प्रदेश नम्बर दुई एसइई प्रश्नपत्र आउट गर्ने दुई प्रहरी सहित ६ जना पक्राउ गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० का २८ वर्षीय विष्णुदेव यादव, सोही ठाउँका २२ वर्षीय ब्रह्मदेव सुनरैत, सोही नगरपालिका–१६ का २८ वर्षीय मनोज यादव, सप्तरी कञ्चनपुर नगरपालिका–६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डल, सप्तरीकै हनुमाननगर कंकालिनी–१ का १७ वर्षीय राजेश यादव र सोही ठाउँका १७ वर्षीय उमेश यादव छन्।

ब्रह्मदेव र दीपेन्द्रकुमार प्रहरी हुन् भने मनोज शिक्षक रहेको सिआइबीले जनाएको छ । प्रदेश २ को १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata