एसईई खारेज गरी परीक्षाविना नै विद्यार्थीलाई प्रमाणपत्र दिनुपर्ने माग

शुक्रबार, बैशाख २६, २०७७



काठमाडौं । संसदीय समितिम एसईई परीक्षा खारेज गर्दै विदयार्थीहरुलाई प्रमाणपत्र दिन आवाज उठाएको छ ।  गत चैत ६ गतेबाट हुने भनिएको एसइई परीक्षा कोरोना भाइरस संक्रमणको प्रभावका कारण अनिश्चतकालिन स्थगन भएपछि यस्तो आवाज उठेको हो ।

संसदीय समितिमा एसईई खारेज गरी परीक्षाविना नै विद्यार्थीलाई प्रमाणपत्र दिनुपर्ने आवाज उठेको हो । सरकार भने खारेज गर्न नमिल्ने भन्दै परीक्षा कुनै हालतमा गर्ने अडानमा छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिका कतिपय सांसदले  एसईई खारेज गर्न अहिले उपयुक्त अवसर भएको समेत बताएका हुन । यस अघि निजी विद्यालय सञ्चालकहरुको संगठनले आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिनुपर्ने  माग गरेको थियो ।आवेदन भरेका ४ लाख ८२ हजार विद्यार्थी परीक्षा हुनेरनहुने अन्योलमा छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments