सेक्युरिटी प्रेस खरिद पक्रिया रोक्न लेखा समितिकाे निर्देशन

बिहिबार, फाल्गुन ८, २०७६



काठमाडौँ । सेक्युरिटी प्रेस खरिद प्रकरण विवादमा परेसँगै प्रक्रिया अघि नबढाउन सरकारलाई लेखा समितिले निर्देशन दिएको छ ।  बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा कमिसन सम्बन्धी विवादमा मुछिएसँगै लेखा समितिले उक्त निर्देशन दिएको हो । अडियो कुराकानी अनुसार, मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका छन्। उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन्। ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ।

मन्त्री बाँस्कोटाको अडियो टेप सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राजीनामा माग गर्दै संसद् अबरुद्ध गरेको छ । बाँस्कोटाले राजीनामा दिनु पर्ने उल्लेख गर्दै अन्य विभिन्न दलका साथै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments