सुरक्षा हेडक्वाटरले टेरेनन् प्रधानमन्त्रीलाई !

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौं । प्रधामन्त्री केपीशर्मा ओलीले चैत ८ गते गृह, रक्षामन्त्रालय सहित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ‘१५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ तत्काल फिर्ता गर्नु ।’

गृहसचिव मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको निर्देशन लगत्तै कामदार सुरक्षाकर्मी खोजीगर्न सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको सार्वजनिक गरे । तर, हप्ता दिन वितिसक्दापनि प्रधामन्त्रीदेखि गृह मन्त्रालयसम्मले मागेको तथ्यांक कुनै पनि संगठनले बुझाएका छैनन् ।

सुरक्षामा खट्नुपर्ने सुरक्षाकर्मी हाकिम एवं उच्चपदस्थ कहाँ घरेलु कामदारको रूपमा रहँदा राज्यले उनीहरूका लागि लगानी गरेको करोडांै रुपैयाँ खेर गइरहेको सचिवहरुको ब्रिफिङ पछि प्रधानमन्त्रीले निर्देशन दिएकाथिए । प्रहरी, सेना, निजामती, पूर्वमन्त्री, उच्चपदस्थपदाधिकारी, व्यापारिक प्रतिष्ठान, उच्च सुरक्षा अधिकारीका आफन्त तथा साथीभाइले समेत सोर्सफोसमा प्रहरी र सेनालाई सुरक्षाकानाममा वर्षौंदेखि घरेलु कामदार बनाउँदै आइएको छ ।

बहालवालामात्र होइन, अवकाश प्राप्त हाकिमहरुले पनि ४ जनासम्म सुरक्षाकर्मी घरैमा राखेर निजी काममा खटाउँछन् । एकजना आइजीपी र एआइजीले सहयोगि,चालक र सुरक्षा गार्ड राख्नपाउने गरी प्रहरी आफैंले आन्तरिक निर्देशिका बनाएको छ । त्यसैको आडमा नेपालप्रहरीबाट मात्रै ६ हजार सुरक्षाकर्मी घरेलु कामदारको रुपमा खटिएको स्रोतको दावी छ ।

यो जनशक्ति बहालवाला र अवकाशप्राप्त हाकिम तथा नेताका घरमा खानापकाउने, लुगाधुने, बालबच्चाको स्याहार गर्ने आदिकाममा प्रयोग भइरहेको छ । प्ररी प्रवक्ता रामकृष्ण सुवेदीले तथ्याङ्क नआउको जानकारी दिए । ‘कुन व्यक्ति कसको घरमा खटिएको छ र त्यो संख्या कति छ मन्त्रालयले निर्देशन दिएको छ’ उनले भने, ‘भनेर गृह मन्त्रालयमा तथ्याङक आएको छैन । मागगर्दा सुरक्षा संगठनहरूले अटेर गरेका छन् । ’
यस्तै सशस्त्रप्रहरी र नेपाली सेनाबाट पनि ठुलो जनशक्ति बहालवाला र अवकाशप्राप्त हाकिमहरु कहाँ घरेलु कामदारको रूपमा खटाइएको छ । सुरक्षा संगठनकै नेतृत्वले कतिपय नेतालाई खुसीपार्नका लागि समेत घरमा कामगर्न सुरक्षाकर्मी पठाएका छन् ।

493 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank