विप्लवका गतिविधि शुन्य पार्न सुरक्षामा कडाई

आइतवार, माघ ५, २०७६



काठमाडौं । प्रदेश नम्बर एकमा सुरक्षा समितिको बैठकले विप्लवका गतिविधि नियन्त्रण गर्न सुरक्षामा कडाई गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर एकका ६ वटा जिल्लाको सुरक्षा रणनीति माथि भएकाे छलफलमा प्रतिबन्धित विप्लव समूहको गतिविधि निस्तेज पार्न सुरक्षा व्यवस्थामा कडाई बनाइने निर्णय गरेको हो ।

गत शुक्रबार सम्पन्न बैठकमा धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपूर, सुनसरी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका पृतना एवं बाहिनी लगायत जिल्लास्थित गुल्मगण प्रमुख, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल प्रहरीका प्रमुखहरुकाे सहभागी रहेकाे थियो । बैठकमा सबै जिल्लाहरुकाे सुरक्षा अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिबन्धित विप्लव समूहको कार्य पूर्ण निस्तेज बनाउँदै सामाजिक कार्यमा सुरक्षा निकायको उपस्थिति बढाउने, लागुऔषध नियन्त्रण, सडक अवरोध र दुर्घटना न्यूनिकरण, भ्रष्टाचार नियन्त्रण गर्दै शुसासन कायम गर्ने लगायतका  निर्णय भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments