मन्त्रालयमा फालाफाल सचिव, अन्यौलमा कर्मचारी

बुधबार, चैत्र २१, २०७४



काठमाडाै‌ ।  उद्योग बार्णिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवले सोमबार एउटा विषयमा सचिवसँग परामर्श गर्ने विचार गरे । आपूर्ती ब्यवस्थापन, मूल्य बृद्धि, अनुगमनका विषयमा छलफल गर्ने विचार गरे पनि उनलाई एउटा समस्यापर्यो  कुन सचिवसँग परामर्श गर्ने ?

उद्योग, वाणिज्य र आपुर्ति मन्त्रालयलाई गाभेपछि अहिले एउटै मन्त्रालय छ । मन्त्रालय एउटै बनाएर पनि सचिवचाहिँ तीन जना छन् । सचिवकै लागि भनेर मन्त्रीको नामप्लेट समेत दुई ठाउँमा लेखिएको छ ।

matrika 01पछि उनले विषय अनुसार फरक फरक छलफल गर्ने निधो गरे । त्यसै अनुसार छलफललाई अगाडी बढाए । त्यसको अप्ठ्यारो कृषि, भूमि व्यवस्था तथा सहकारी चक्रपाणी खनाललाई पनि पर्ने गरेको छ । उनको मन्त्रालयमा पनि ३ जना सचिव छन् । प्रदेशमा कर्मचारी नभएर

कामै अघि बढ्न सकेको छैन भने संघीय सरकारलाई कर्मचारी धेरै भएर व्यवस्थापन गर्न हम्मे परेको छ ।

संस्थाको कामवा आवश्यकताले होइन, सचिवहरु धेरै भएकाले व्यवस्थापन गर्न अप्ठ्यारो परेको छ । यसअघि एक मन्त्रालयमा एक जना सचिव हुने गरेका थिए । सचिव तीन-तीन जना हुँदा कर्मचारीलाई पनि कुन सचिवको मातहतमा आफ्नो जिम्मेवारी हो भन्ने अन्यौल छ ।

प्रधानमन्त्री कार्यालयमा ७ जना सचिव छन् । प्रधानमन्त्री कार्यालयमा चार जनासम्म सचिव हुँदा पनि दुई जना काम बिहिन जस्तै हुन्छन् । अर्थ मन्त्रालयमा २ जना सचिवको जिम्मेवारी छ । बन वाताबरण मन्त्रालयमा पनि २ जना सचिवले काम गरिरहेका छन् । विभागीय मन्त्रीले दुवै सचिवलाई परिचालन गर्न पनि सकेका छैन ।

संघियमामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि २ जना सचिव छन् । मन्त्रालय १८ भएपनि मन्त्रालयमा नै कार्यरत सचिवको संख्या ३७ छ । मन्त्रालयको वेइवसाइटमा भने एकजना सचिवको मात्रै नाम राखिएको छ ।

मुख्य सचिवसमेत गरी  केन्द्रमामात्रै ६७ जना विशिष्ट श्रेणीका कर्मचारीको दरबन्दी छ । अहिले ६४ जना कार्यरत छन् । हरेक प्रदेशमा प्रदेशमा ४ जनासम्म सचिव खटाउन सकिने भएपनि अहिले १ जना सचिवमात्रै पठाइएको छ । बाँकी सचिवहरु अहिले सिंहदरबार भित्रै थुप्रीएका छन ।

संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब सचिवको व्यवस्थापन गर्न लागिएको बताए । ‘केही रिटायर्ड हुँदैछन्। केहीलाई प्रदेश र केन्द्रमा नै व्यवस्थापन गर्ने विषयमा टुङ्गो लागि सकेको छ ’ नेपालपाटीसँग उनले भने , ‘अब केन्द्रमा एक मन्त्रालयमा एक सचिवभन्दा देख्न पाइने छैन । ’

498 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank