जगनाथ र स्वामिकार्तिक गाउँपालिकामा एकिकृत घुम्ती शिविर संञ्चालन गरिदै
सोमवार, कार्तिक २५, २०७६

बाजुरा । ग्रामिण भेगका जनातालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले घुम्ती सेवा संञ्चाल गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालले एक सूचना प्रकाशित गर्दै जिल्लाको पूर्वाेत्तरी क्षेत्रमा घुम्ती शिविर संञ्चालन गर्ने जनाएको छ ।
एकिकृत घुम्ती शिवीर जगनाथ गाउँपालिकाको जुड्डी र स्वामिकार्तिक खापर गाउँपालिकामा गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । शिविर आगामी मंसिर १ र २ गते जगनाथ गाउँपालिकाको जुड्डी र मंसिर ४ र ५ गते स्वामिकार्तिक खापर गाउँपालिकाको पिलचौर र वाइको सुई जिउलामा गरिने जनाएको छ ।
शिविरमा नयाँ नागरिकता वितरण,पशुपन्क्षी स्वास्थ्य परिक्षण तथा परामर्श सेवा, कृर्षि परामर्श र विउबिजन वितरण गर्ने जनाएको छ ।
हेर्नुहाेस सूचना
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments