समुन्द्री सतह बढ्ने अनुमान, लाखौं मान्छे विस्थापित हुने सम्भावना

मङ्लबार, जेष्ठ ७, २०७६



एजेन्सी । वैज्ञानिकहरुले विश्वव्यापी रुपमा समुन्द्री सतह पूर्वानुमान गरिएभन्दा निकै नै बढ्ने जनाएका छन् । ग्रीनल्याण्ड र अन्टार्कटिकामा ज्यादा हिउँ पग्लिएकाले  वैज्ञानिकहरुले यसप्रकारको अनुमान गरेका हुन् ।

सम्बन्धित छवि

विगतका अध्ययनहरुमा नै विश्वको समुन्द्रको सतह सन् २१०० सम्ममा एक मिटरभन्दा कम सम्म उठ्ने पूर्वानुमान गरिएको थियो । नयाँ अध्ययनले त्यो संख्या भन्दा अब दोब्बर हुन सक्ने जनाएको छ ।

सयौं मिलियन मान्छे समुद्री सतह बढ्नाले विस्थापित हुनुपर्ने सम्भावना रहेको वैज्ञानिकहरुले अनुमान गरेका छन् । २०१३मा निस्किएको रिपोर्टमा सन् २१०० सम्ममा समुन्द्री सतह ५२ देखि ९८ सेमी सम्म बढ्ने जनाइएको थियो । विज्ञहरु त्यसलाई पुरातन ढर्राको अनुमान भन्दै आरोपित गर्दै आइरहेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank