स्कुटर चोरी गर्ने पक्राउ

शुक्रबार, चैत्र २२, २०७५



साँखु । बिहाबार साँझ  महानगरीय प्रहरी विभाग कपनले चोरीको स्कुटरसहित एक जनालाई पक्राउ गरको छ । बिहीबार काठमाडौँ महानगरपालिका–६ रामहिटी मुकुम गुम्बा नजिक पार्किङमा राखेकाे बा २९ प ६०७९ नम्बरको डियो स्कुटर चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उजुरीपछिविभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरसहितको प्रहरी टोलीले बिहीबार साँझ बुढानीलकण्ठ नगरपालिका–१० कपन मिलनचोकबाट स्कुटरसहित ओखलढुङ्गा घर भएका १६ वर्षीय विकास रानामगरलाई पक्राउ गरेकाे हाे । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata