एकाबिहानै चितवनमा दुर्घटना, एकको मृत्यु

आइतवार, कार्तिक २४, २०७६



चितवन  । आज(आइतबार) बिहान  भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । दुर्घटना बिहान ३ः५० बजे भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ र घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार रहेका छन् ।

प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको थियो । स्कुटर पल्टिएसँगै घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata