विद्यालयको भवन नहुँदा खुला आकाशमुनी पठनपाठन गर्न बाध्य

मङ्लबार, जेष्ठ १४, २०७६



बाजुरा । विद्यालय ज्ञान हासिल गर्ने क्षेत्र हो । जहाँ सुन्दर र शान्त वातावरण हुन आवश्यक हुन्छ । विद्यार्थीहरु विद्यालयको हाता भित्र प्रवेश गर्ने वित्तिकै नयाँ जाँगर सहित ज्ञान हासिल गर्न  शैक्षिक सामग्री देखि बस्ने वातावरण उचित खालको हुन आवश्यक हुन्छ ।

बाजुरा जिल्लाको उत्तरीपूर्वी क्षेत्रमा रहेको बुढिनन्दा नगरपालिका-६ कोटिलामा अवस्थीत बागेश्वरी आधारभुत विद्यालयका विद्याथीहरु भवन नहुँदा खुला आकाशमा पढ्न बाध्य भइरहेका छन् । कक्षा १ देखी ८ सम्म संञ्चालन भइरहेको विद्यालयको छाना जिर्ण बन्दा विद्यार्थीहरु खुला आकाश मुनी पढ्न बाध्य बनिरहेको शिक्षक जनेश भण्डारीले बताए ।

विद्यालय भवन निर्माणका लागि वि.स. २०७३ साल देखी पहल कदमी गरेको भएपनि पहुच नहँदा हाल सम्म विद्यालयको छाना समेत फेर्न नसकिएको विद्यालय स्रोतले जनाएको छ । हाल सोही नगरपालिकाबाट एक जना प्रदेश सांसद बनेका छन् । प्रदेश सरकारमा  गृह तथा कानून मन्त्री पाएको बाजुराले शिक्षाका क्षेत्रमा कुनै पनि परिवर्तन नपाउनु दुखद रहेको विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष काँसी विकले गुनासाे गरे ।

 पटक पटकको भुकम्प र हावाहुरीबाट छेदविछेद बनेको विद्यालयमा कसैले ध्यान नदिएको स्थानीयले दुख व्यक्त गर्दै आइरहेका छन् । अपुग दरबन्दीकाे बाबजुद सञ्चालनमा रहेकाे विद्यालयका शिक्षकहरुलाई  अभिभावकहरुले  चन्दा संकलन गर्दै विद्यालय सञ्चालन गरिरहेकाे स्थानीयले जनाएका छन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata